काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार ७ सय १ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।
बिहीबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ५७ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ४२ रुपैयाँ पुगेको छ ।
बिहीबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्