काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ मा पुगेको छ ।
बिहिबार २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६ सय रुपैयाँ कारोबार भएको छ ।
बिहिबार सेयर बजारमा सामान्य अंकले घटेपनि ४ कम्पनीको सेयरमा भने सकरात्मक सर्किट लागेको छ । त्यस्तै, एनआईसी एशिया सेलेक्ट फण्डको ९.०९ प्रतिशत, पीपुल्स पावरको ६.६५ प्रतिशत सहित १०८ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्