Shikhar Insurance
National Life

२५ करोड पुँजी भएको कम्पनीको न्युनतम ५०० कित्ता आइपिओ भर्नुपर्ने, बोर्डले ल्यायो यस्तो कानुन

सिंहदरबार संवाददाता
२०८१ माघ ३, बिहीबार १४:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । २५ करोडसम्म पुँजी भएको कम्पनीको न्युनतम ५०० कित्ता आइपिओ भर्नुपर्ने भएको छ । धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको सेयर सम्बन्धि नयाँ व्यवस्था गरेको हो ।

साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ माघ ३ गतदेखी लागू गरेको बोर्डले जनाएको छ । नियमावलीमा साना कम्पनीको न्यूनतम ५०० कित्ता भर्नुपर्ने प्रावधान राखिएको छ । यसअघिको १० कित्ते नीतिले बजारमा नकारात्मक भुमिका खेलेको भन्दै बोर्डले यस्तो व्यवस्था गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ व्यवस्था अनुसार सेयर निस्काशन गर्ने कम्पनीले न्युनतम ३० प्रतिशतदेखी अधिकतम ४९ प्रतिशतसम्म शेयर आइपीओ जारी गर्न पाउनेछन् । जसमा निस्काशित सेयरको १५ प्रतिशत सेयर कर्मचारीले खरिद गर्न पाउनेछन् । यस्तै, ५ प्रतिशत मर्चेन्ट बैंकरका लागि छुट्याइएको छ । कर्मचारीहरुका लागि लकइन पिरियड (सेयर बिक्री गर्ने समय) ३ वर्ष राखिएको छ ।

१० कित्ता नीतिले बजारमा सकारात्मक र नकारात्मक दुबै असर पारेको छ । तर साना कम्पनीका लागि भने नकारात्मक असर धेरै पारेको भन्दै नयाँ व्यवस्था गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्