Shikhar Insurance
National Life

पुसमा बढ्यो घरजग्गा कारोबार, ४ अर्ब २५ करोड राजस्व संकलन

सिंहदरबार संवाददाता
२०८१ माघ ३, बिहीबार १४:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । विगत लामो समयदेखि सुस्त रहेको घरजग्गा कारोबार विस्तारै लयमा फर्किरहेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पुस महिनासम्ममा देशभरी ५ हजार १ सय ७८ वटा नामसारी भएको छ ।

चालु आवको ६ महिनामा देशभरका मालपोत कार्यालयहरुबाट घरजग्गा कारोबारमार्फत कुल ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १ अर्ब ४ करोड ७० लाख ८ हजार २४९ रुपैयाँ अर्थात् ३२.६६ प्रतिशतले बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको सोही अवधिमा यस्तो राजस्व ३ अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ संकलन भएको थियो ।

कुन मालपोत कार्यालयबाट कति राजस्व उठ्यो ?

पुस महिनामा मालपोत कार्यालय लगनखेल, ललितपुरले सबैभन्दा धेरै राजस्व संकलन गरेको छ । सो कार्यालयले ६ महिनामा ४० करोड ९४ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

सबैभन्दा धेरै राजस्व उठाउने दोस्रो नम्बरमा मालपोत कार्यालय भक्तपुर परेको छ, जस्ले पुस महिनासम्म २९ करोड ७६ लाख १घ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै, चावहिलबाट २२ करोड ९३ लाख ८० हजार, कलंकीबाट २१ करोड ९३ लाख ७१ हजार, डिल्लीबजारबाट २१ करोड ९० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यी हुन् सबैभन्दा धेरै घरजग्गा कारोबार गर्ने टप १० मालपोत कार्यालय

चालु आवको ६ महिनामा देशभरका मालपोत कार्यालयहरुबाट ४८ हजार १ सय ५६ वटा घरजग्गा कारोबार (लिखत) पारित भएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा २ हजार ८ सय ८१ वटा अर्थात् ६.३६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा देशभर ४५ हजार २ सय ७५ वटा घरजग्गा लिखत पास भएका थिए ।

धेरै घरजग्गा कारोबार गर्ने मालपोत कार्यालय इनरुवा, सुनसरी रहेको छ । इनरुवाले पुस महिनासम्ममा १ हजार ८ सय ६७ वटा जग्गा लिखत पास गरेको हो । त्यस्तै, दोस्रो नम्बरमा मालपोत कार्यालय बेलवारी, मोरङ रहेको छ । कार्यालयले १ हजार ६ सय ३२ वटा जग्गा लिखत पास गरेको छ ।

त्यसैगरी, भद्रपुर, झापाले १ हजार ६ सय २३, जनकपुरधाम, धनुषाले १ हजार ५ सय ३४ र राजविराज, सप्तरीले १ हजार २ सय ५८ वटा घरजग्गा लिखत पारित गरेको छ । त्यस्तै, चालु आवकोे ६ महिनामा मलंगवा सर्लाहीमा १ हजार १११, सिराहमा १ हजार ५७, कपिलबस्तुमा १ हजार ५१ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

गत आव २०८०/८१ को ६ महिनामा मालपोत कार्यालय इनरुवा, सुनसरीले १ हजार ९ सय ३७ वटा, भद्रपुर, झापाले १ हजार ७ सय ४३ वटा, बेलवारी, मोरङले १ हजार ६ सय ५० वटा र जनकपुरधाम, धनुषाले १ हजार ५२० वटा लिखत पारित गरेको थियो ।

त्यस्तै, गत आवको सोही अवधिमा राजविराज, सप्तरीमा १ हजार २५९ वटा, जलेश्वर, महोत्तरीमा १ हजार ५७ वटा, मलंगवा, सर्लाहीमा १ हजार ४५ र तौलिहवा, कपिलबस्तुमा १ हजार २ वटा लिखत पारित भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्