Shikhar Insurance
National Life

सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला, प्रतिकित्ता कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ ३, बिहीबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रकृया अगाडि बढाएको हो ।

बैंकले सेयरधनीहरुको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो । बैंकले सेयरको प्रतिकित्ता न्युनतम मूल्य १ सय ४५ रुपैयाँले तोकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको केद्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा आवेदन दिनु पर्ने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्