काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पीय जोखिम न्युनिकरणका लागि भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प नभएको बताएका छन् ।
बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर र संरचनाहरु भूकम्प प्रतिरोधि बनाउनु आजको आवश्यकता भएको बताउँदै उनले विकास निर्माणका कार्यमा विपद्को जोखिमलाई नसोचि दिगो विकास सम्भव नभएको बताए ।
उनले प्राकृतिक विपद्लाई दैवी इच्छाशक्तिको रुपमा लिने र विपद् आइसकेपछि मात्र गम्भिर हुने हाम्रो परम्परागत नीतिलाई विगतका भूकम्पहरुले ठूलो पाठ पढाएर गएको बताए ।
उनले भूकम्पसम्बन्धी परपम्परागत मान्यता तोड्दै र कार्यशैली सुधार्दै जोखिम न्युनिकरणका लागि सचेत हुन जरुरी रहेको बताउँदै भने, ‘विज्ञानले समेत भूकम्पको पूर्वानुमा गर्न नसकेको परिप्रेक्ष्यमा भूकम्प रोक्न त सक्दैनौं । तर भूकम्पबाट हुने क्षति न्युनिकरण गर्नसक्छौँ । हामी यो विषयमा जानकार छौं । तर अझैपनि भूकम्पबाट हुने क्षति न्युनिकरणका लागि हामीले गर्नुपर्ने धेरै छ । विकास निर्माणका कार्यमा समेत विपद्को जोखिमलाई नसोचि दिगो विकास सम्भव छैन ।
‘हुने हार दैव नटार’ भनेझैँ विपद्बाट हुने क्षतिलाई हामीले स्वभाविक प्रक्रियाको रुपमा नलिएर विपद्बाट हुने क्षतिबाट पाठ सिक्दै हामीले आजैदेखि हाम्रा परपम्परागत मान्यता तोड्दै र कार्यशैली सुधार्दै जोखिम न्युनिकरणका लागि सचेत हुनुपर्ने जरुरत छ । भूकम्पीय जोखिम न्युनिकरणका लागि भूकम्प प्रतिरोधि घर तथा भवन र सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन । भूकम्पलाई थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचना भूकम्प आउँदा गल्र्यामगुर्लुम ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुपर्यो । इतिहासबाट पाठ सिक्दै अब बन्ने घर र संरचनाहरु भूकम्प प्रतिरोधि बनाउन आजको आवश्यकता हो’ उनले भने ।
बलियो भौतिक संरचना र सजगता अपनाउन सकेमात्रै भूकम्पबाट हुने क्षति न्युनिकरण गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्