Shikhar Insurance
National Life

बुधबार सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने ५ अर्ब ८२ करोड

सिंहदरबार संवाददाता
२०८१ माघ २, बुधबार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८३ अंकले बढेर २५९५.९६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार १२४ कम्पनीको सेयर मूल्य बढ्दा १०८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय ८७ रुपैयाँ पुगेको छ । बुधबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्