Shikhar Insurance
National Life

१०३ अर्ब लक्ष्य राखेको आन्तरिक राजस्व विभागले पुसमा उठायो साढे ८४ अर्ब राजस्व

सिंहदरबार संवाददाता
२०८१ माघ २, बुधबार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले पुस महिनामा ८४ अर्ब ५३ करोड ६४ लाख आन्तरिक राजस्व संकलन गरेको छ । विभागले गतवर्षको तुलनामा १२ अर्ब ४३ करोड ७१ लाख बढी राजस्व संकलन गरेको हो ।

पुस महिनामा विभागले १ खर्ब ३ अर्ब ९१ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो। तर वास्तविक राजस्व संकलन ८४ अर्ब ५३ करोड ६४ लाखमा सिमित भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो महिना आयकर शिर्षकमा ७७ अर्ब २० करोड लक्ष्यमा ५९ अर्ब ६ करोड राजस्व असुल भएको छ । १६ अर्ब २७ करोड मूल्य अभिवृद्धि कर (भ्याट) को लक्ष्यमा ११ अर्ब ४१ करोड असुल भएको छ । आन्तरिक अन्तशुल्कतर्फ १० अर्ब ३८ करोड लक्ष्यमा १० अर्ब १३ करोड राजस्व संकलन भएको छ। यसैगरी, ६२ करोड १४ लाख भाडा (Rent) कर प्राप्त हुने लक्ष्य लिएकोमा ३९ करोड ६७ लाख मात्रै संकलन भएको छ । १ अर्ब ६२ करोड ब्याजकर प्राप्ति गर्ने लक्ष्यमा १ अर्ब १४ करोड मात्रै कर संकलन भएको छ ।

स्वास्थ्य सेवा शुल्कमा पुस महिनामा ६६ करोड ५९ लाख कर असुली भएको छ । यो शिर्षकमा विभागले १ अर्ब १० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । शिक्षा सेवा शुल्क २० करोड ९२ लाख असुल गर्ने लक्ष्यमा ३१ करोड १ लाख राजस्व संकलन भएको छ । विदेशीने विद्यार्थीको संख्या बढ्दै जादा राजस्व संकलन लक्ष्य भन्दा बढि देखिएको हो । अन्य शिर्षकमा ९३ करोड २१ लाख कर संकलन भएको छ ।

पुस महिना सबैभन्दा धेरै राजस्व असुल हुने महिना हो । यो महिना आयकर ऐन २०५८ अनुसार अग्रिम आयकरको ४० प्रतिशत रकम दाखिला गर्नुपर्ने हुन्छ । यस्तै, बाँकी ६० प्रतिशतको चैत र असार महिनामा ३०-३० प्रतिशतका दरले कर बुझाउनु पर्ने व्यवस्था छ ।

पोहोर पुसमा कति उठेको थियो राजस्व ?

२०८० पुस महिनामा आन्तरिक राजस्व विभागले १ खर्ब १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सो लक्ष्यमा विभागले ७० अर्ब ७६ करोड मात्रै राजस्व संकलन गरेको थियो । आयकरतर्फ ७१ अर्ब ९ करोड लक्ष्यमा ४९ अर्ब ६० करोड राजस्व असुल भएको थियो । १५ अर्ब २ करोड भ्याट संकलनको लक्ष्यमा १० अर्ब ३१ करोड राजस्व संकलन भएको थियो ।

यस्तै, अन्तशुल्कतर्फ १४ अर्ब ८८ करोड लक्ष्यमा ८ अर्ब ६३ करोड मात्रै कर संकलन भएको थियो । यसैगरी, ४८ करोड ८१ लाख भाडा कर लक्ष्यमा ३७ करोड ५८ लाख, ७ अर्ब ५६ करोड ब्याजकर लक्ष्यमा १ अर्ब ६२ करोड, ९० करोड २८ लाख स्वास्थ्य करमा ५९ करोड ३४ लाख, २५ करोड ९९ लाख शिक्षा कर लक्ष्यमा २४ करोड ११ लाख संकलन भएको थियो । अन्य शिर्षकमा ७० करोड ७६ लाख कर संकलन भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्