काठमाडौं । साताको चौँथो कारोबार दिन सुनको मूल्य सामान्यले बढेको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ लाख ५५ हजार ४ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय २० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्