Shikhar Insurance
National Life

परराष्ट्रमन्त्री राणालाई सांसदको प्रश्न : नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषि को हो ?

सिंहदरबार संवाददाता
२०८१ पुष २९, सोमबार १६:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) विश्वमा सबैभन्दा कमजोर भएको विषयमा सांसदहरुले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले नेपाली राहदानीको स्तर कमजोर हुँदा देशको वैश्विक छवि र इज्जतमाथि प्रश्न उठेको बताएका हुन् ।

बैठकमा नेकपा (एमाले) की सचेतक सुनिता बरालले विभिन्न प्रतिवेदनहरुमा नेपाली राहदानीको र्‍याङ्किङ दिनानुदिन घटिरहेको बताइन् । उनले नेपालको राहदानीको पोजिसन कमजोरस्थितिमा रहेको उल्लेख गर्दै यसको सुधारका सरकारको ध्यान गएको छ कि छैन भन्दै पश्न समेत गरिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले फ्रि भिसा फ्रि टिकेटको व्यवस्था कार्यान्वयनको स्थितिबारे समेत परराष्ट्रमन्त्री आरजु राणा देउवासँग जवाफ माग गरिन । उनले फ्रि भिसाको व्यवस्था कम मात्र नेपाली नागरिक जाने देशसँग मात्र रहेको बताइन् । उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको पारिश्रमिकबारे मापदण्ड बनाउनुपर्ने बताइन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको पारिश्रमिकबारे मापदण्ड नहुँदा नेपाली श्रमिकहरु विभिन्न समस्यहरु समाधान गरिरहेको उनको भनाइ छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राहदानी कमजोर हुनुको मुख्य कारण सम्झौता अनुसार काम नभएको बताए ।

उनले सम्झौताअनुसार गुणस्तरीय राहदानी नदिएपनि सेटिङ मिलाए उन्मुक्ति पाइन्छ भन्ने मानसिकता हावी भएको बताए । सम्झौताअनुसार राहदानी नछाप्ने कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा उनको जोड छ । उनले सरकारले एकैपटक धेरै पासपोर्ट छाप्न लागेको भन्दै आपत्ति जनाए । उनले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै मुलुकमा सामाजिक अपराधका घट्नाहरु बढ्न थालेको बताए । उनले युवाहरु विदेश पलायन हुँदा समाजमा वृद्धवृद्धाको स्याहार गर्न तथा जन्ती र मलामी जाने समेत मान्छे नभएको प्रति चिन्ता व्यक्त गरे ।

नेकपा (एमाले) सा सांसद दामोदर पौडेल वैरागीले इजरायल–हमास युद्धमा बेपत्ता भएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि पहलकदमी गर्न माग गरे । उनको पछिल्लो जोशीको रिहाईको लागि कुटनीतिक पहल हुन छोडकोप्रति परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका सांसद योगेश गौचन थकालीले प्रधानमन्त्रीले चीन भ्रमणमा गरेको सम्झौता अनुसार सरकारले कस्तो ऋण लिने तयारी गरेको छ ? भन्दै प्रश्न गरे । उनले वाह्य एवं आन्तरिक ऋण परिचालनमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए । उनले ऋण लिँदा परिणाममुखि परियोजना निर्माणका लागि मात्र लिनुपर्ने उनको धारणा छ । उनले नेपालले लिएको ऋण सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा मात्र खर्च हुने प्रवृत्तिले ठूलो हानी पुर्‍याउने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्