Shikhar Insurance
National Life

एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर : सञ्चारमन्त्री गुरुङ

सिंहदरबार संवाददाता
२०८१ पुष २९, सोमबार १४:३९
Hyundai
NCELL
NIMB

काठमाडाैं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताए । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटान भन्दा पनि कमजोर रहेको बताएका हुन् ।

उनले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको बताए । उनले पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने जानकारी दिए । उनले सुशासन कायम गर्नका लागि नागरिक एपको भुमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री गुरुङले आम सञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्