Shikhar Insurance
National Life

‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण’ मन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ पुष २८, आईतवार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन सहकारी संस्थाको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् ।

डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा स्थापित परम्परागत फलफूलजन्य उत्पादन उद्योग ‘डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रिट्स’को यहाँ उद्घाटन गर्दै उनले गरिबी निवारण र महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले महिला नेतृत्व भएका सहकारी संस्थामा तुलनात्मक रुपमा कम समस्या देखिएको समेत उल्लेख गरे । स्थानीय स्तरमा सञ्चालित सहकारीले महिलालाई आत्मनिर्भर बनाउँदै श्रीमानको भरपर्नुपर्ने अवस्था कम भएको आफूले पाएको उनको भनाइ थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्