Shikhar Insurance
National Life

सरकार ढल्ने हल्लाले २५ अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब

सिंहदरबार संवाददाता
२०८१ पुष २८, आईतवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । विभिन्न राजनितिक दलका उच्च पदस्थ अधिकारीहरुले माघ १५ अगावै ओली सरकार ढल्ने ठोकुवा गरिरहेका छन् । यो सरकारको आयु माघ १५ अघि नै सकिन्छ, त्यसपछि २०७९ को चुनावी गठबन्धनमा आवद्ध दलहरुको सरकार बन्नेछ, जसमा रास्वपा, राप्रपा र उपेन्द्र यादवहरु पनि सहभागी हुनेछन् ।

साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार ३०१ कम्पनीको ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार सरकार परिर्वतन हुने हल्लाले सबै उपसूचकहरु राताम्मै भएकाे छ । आइतबार ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

आइतबर एनआरएन इनफ्राष्टकचर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ४१ लाख ५३ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय १४ रुपैयाँ पुगेको छ ।

आइतबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्