काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ मा पुगेको हो ।
आइतबार ३०१ कम्पनीको ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँ कारोबार भएको छ ।
आइतबार सेयर बजारमा पहिरो गएपनि २ कम्पनीको सेयरमा भने सकरात्मक सर्किट लागेकोे छ । आज वीन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज नेपाल रि पब्लिक मिडियाको ४.८७ प्रतिशत, केबीएल डिभेन्चरको ४.३४ प्रतिशत, हिमालयन पावर पाटर्नरको ४.३४ प्रतिशत सहित ५७ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्