Shikhar Insurance
National Life

अपर तामाकोशीका सिईओ विज्ञान श्रेष्ठको सम्पति छानविन गरौंः बस्नेत

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार ११:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । बागमति प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष तथा दोलखा एमालेका नेता श्याम बस्नेतले माथिल्लो तामाकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) विज्ञान श्रेष्ठको सम्पति छानविन गर्न माग गरेका छन् ।

माथिल्लो तामाकोशीको परिक्षण उत्पादन सुरु गरेपछि दोलखा एमालेको नेता समेत रहेका र आयोजनाको सरोकार समितिमा रहेर समेत काम गरेका बस्नेतले सिईओको सम्पति छानविन गर्नुपर्ने माग राखेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनी केपी ओली निकट नेता हुन र अहिले बागमति प्रदेशको नीति तथा योजना आयोगमा उपाध्यक्षको भूमिकामा काम गरिरहेका छन् ।

बस्नेतले फेसबुकमा लेखेका छन्

माथिल्लो तामाकोशी परियोजना आज सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले वत्ति वालेर उद्घाटन गर्नुभयो । यो परियोजना नाजायज ढंगले महङ्गो भएको सबैले महशुस गरे । यदि सबैले महशुस गरेको हो भने तामाकोशी परियोजनाको सरोकार समितिको सचिवको हैसियतले मेरो र आयोजना प्रमुखको हैसियतले विज्ञान श्रेष्ठज्यूको श्रीसम्पत्तिको अनुसन्धान गर्न सबै निकायले हेर्न सक्नुपर्छ ।

मलाई सरोकारमा रहँदा लाग्ने दोस र आयोजना प्रमुखले प्रमुखको हैसियतले काम गर्दा लाग्ने दोस छ भन्ने शंका गरे म पशुपति नाथ वा भिमेश्वर मन्दिरमा साक्षी राखेर सबै कसम खान सक्नुपर्छ । त्यसरीनै आयोजना प्रमुखले पनि सबै कहन सक्नुपर्छ । यो हुन सकेमा मात्र वास्तविक तामाकोशी आयोजनाको पारदर्शिता पत्ता लाग्छ । त्यो आयोजनाको सन्दर्भमा कसले कत्ति चन्दा लिएको कुरा पनि प्रष्ट भनिदिनुपर्छ । यसको खोजी गर्ने अधिकार सबै कर्मचारी राजनेता तथा शेयरसदस्यमा सुरक्षित छ । शुरुमा मिटिङ भत्ता खानुहुँदैन भनेर कुराराख्दा पछिल्लो पटकबाट वैठकमानै नडाग्ने संस्कारले ठाउँ पाएको अवस्थामा मिडिया उचाली परियोजनानै फेल गर्न लाग्यो भनियो ।

हिजो यो कुरा उठाउँदा कत्तै माथिल्लो तामाकोशी आयोजनानै असफल बनाउन लाग्यो भन्ने आरोप कुनै कुनाबाट आएकोले भ्रष्टचार भन्दा परियोजना वन्नु चाही राम्रो ठानियो तर अव आयोजना सम्पन्न भएको छ । त्यो त्रासबाट आजदेखि डराउने दिन गएका छन् । सायद २७ अर्ब त्यसको वास्तविक लगानि थियो तर ४३ अर्ब बनाइ पुन ८ अर्व घटाइ ३५ अर्ब देखाइयो तर आज त्यो स्थित पुग्यो ।

आजको यो सुखद वत्तिवलेको दिनको अवसरमा सरकार र नीजि क्षेत्र वा स्वतन्त्र आयोग बनाइ मेरोबाटै न्यायिक छानविनको शुरुवात होस् । यसको निश्पक्ष छानविनले आगामि अरु परियोजनामा हुने भ्रष्टचारलाई नियन्त्रण गर्न ठूलो सहयोग पुग्छ । चमेलियाको साथी यो वन्यो । मलाई खुशी भन्दा पनि दुख लाग्यो । हाल मबाट भएको गल्तीको सन्दर्भमा मेरो परिवार साक्षाी राखेर पशुपति नाथ वा भिमेश्वरको सामु सत्यवोल्ने हिम्मत गर्ने छु र आयोजना प्रमुखले पनि सत्य वोल्नु हुनेछ ।

उहाँमाथि आरोप होइन लोकले उठाएको कुरालाई हामीले स्वीकार्न सक्नुपर्छ ।यसो गर्दा समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालिन सोचलाई पुरा गर्न सकिन्छ । हामी दुवैमा पारदर्शिता छ भन्ने तामाकोशीमा देखाउन सके मुलुकलाई ठूलो योगदान पु्ग्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्