काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको विशेष चुनावी साधारण सभाले राजेश भक्त श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
यस अघि भएको निर्वाचनमा विवाद आएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुन: निर्वाचन गर्न दिएको समयमै तदर्थ समितीले निर्वाचन गराएको हो । यस अघि अध्यक्षमा निर्बाचित भएका दिलिप बादेलाइ ३ मतले पराजित गर्दै राजेश भक्त श्रेष्ठ अध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा राम बहादुर तामाङ्ग निर्बिरोध निर्वाचित भए । उपाध्यक्षमा सुमन महर्जनले रामेश्वर बासीलाइ, महासचिबमा हिरामणी शर्माले भोजराज तिमल्सिना र सचिबमा राजु तामाङ्गले रामचन्द्र खड्कालाइ पराजित गरेका थिए ।
कोषाध्यक्षमा राजकृष्ण बजगाइँ निर्बिरोध निर्बाचित भएका छन् । यसैगरि सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, मन्दिर श्रेष्ठ र इन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
फ्यानको नवनिर्वाचित कार्यसमितीको कार्यकाल तिन बर्षको हुनेछ ।
प्रतिक्रिया दिनुहोस्