Shikhar Insurance
National Life

एमाले एकता कार्यदलको बैठक बस्दै, ओलीले प्रस्ताव ल्याउने, सहमति भए संयुक्त वक्तव्य

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)को एकता कार्यदलको बैठक आज बस्दैछ । मध्यान्ह १ बजे बस्ने बैठकमा ओली समुह र नेपाल समुहले एकताको रोडप्यापबारे छलफल गर्नेछन् । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एकता सम्बन्धी आफ्नो रोडम्याप पठाउनेछन् ।

कार्यदलमा अध्यक्ष केपी ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक र विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
ओली पक्षले अदालतमा बुझाईएको हस्ताक्षर फिर्ता लिनुपर्ने भनेको छ । नेपाल पक्षले भने अदालतमा बुझाईएको हस्ताक्षरबारे कुनै छलफल नहुने स्पष्ट पारेको छ । त्यस बाहेकका विषयमा प्याकेजमा सहमति गरेर अध्यक्ष ओली र बशरिष्ठ नेता नेपालले संयुक्त वक्तव्य निकाल्न सकिने स्पष्ट पारेको छ । कार्यदलमा सहमति भएमा संयुक्त वक्तव्य आउने सम्भावना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर ओलीले वार्ताका नाममा समय कटाउने र अदालतको फैसलालाई प्रभावित पार्न खोजेको आशंकासहित नेपाल समुह वार्तामा बसेको छ । ‘संकाको दृष्टिकोणसहित छलफलमा भैरहेको छ, ओलीले पटक पटक धोका दिएकाले यसपाली पनि विश्वास गरिहाल्ने अवस्था छैन तर छलफलमा बस्छौं’, वरिष्ठ नेता नेपाल निकट श्रोतले भन्यो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्