Shikhar Insurance
National Life

नेप्से सूचकाङ्क २६८२.२९ बिन्दुमा कायम, २ सय ६७ कम्पनी सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको ५ महिनामा ४४ खर्ब ४९ अर्ब ११ करोड धितोपत्र बजार पुँजीकरण कायम रहेको छ । २०८१ मंसिर मसान्तमा २६८२.२९ कायम भएको छ ।

२०८० मंसिर मसान्तमा १९९४.६० रहेको थियो । २०८० मंसिर मसान्तमा बजार पुँजीकरण ३० खर्ब ७६ अर्ब ५२ करोड रहेको थियो । २०८१ मंसिर मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.६ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ मंसिर मसान्तमा सूचीकृत ८ अर्ब ५६ करोड सेयरको चुक्ता मूल्य ८४३ अर्ब ८१ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा ५ अर्ब ८० करोड बराबरको बोनस सेयर, ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, ३ करोड ९८ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल १३ अर्ब ७१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ७ अर्ब ७४ करोड बराबरको हकप्रद सेयर, ६ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ४० करोड बराबरको डिबेन्चर र २२ करोड ५० लाख बराबरको साधारण सेयर गरी कुल १८ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्