Shikhar Insurance
National Life

५ महिनामा ६ खर्ब ४० अर्ब रेमिटेन्स भित्रीयो, करिब २ लाखले लिए श्रम स्वीकृति

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार १७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको ५ महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिीतिको तथ्याकमा यस्तो देखिएको हो ।

यस समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ९० हजार ३ सय ८४ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय २५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख ७१ हजार ९ सय ७५ र १ लाख २ हजार ५ सय ४२ रहेको थियो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्