काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस २५ गते काठमाडौं, बुढानीलकण्ठमा सम्पन्न भएको छ । सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पुर्व अध्यक्ष, गरिमा म्युचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरु तथा शेयरधनीहरुहरुको उपस्थिती रहेको थियो ।
नवौं वािर्षक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिव अशोक सुवेदी तथा स्वागत मन्त्यव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए ।
नवौं वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरुमध्ये एक/एक सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरु नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित गरेको थियो ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
प्रतिक्रिया दिनुहोस्