Shikhar Insurance
National Life

युनाइटेडलाई गाभेको नविलले असार २७ गतेदेखि एकिकृत कारोबार थाल्ने, एनबिसँग मर्जर कहिले ?

सिंहदरबार संवाददाता
२०७८ असार २२, मंगलवार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । युनाइटेड फाइनान्सलाई गाभेपछि नविल बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार आरम्भ गर्दैछ । नविल र युनाइटेडबीच असार १७ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो भने नेपाल राष्ट्र बैंकले असार १८ गते नै स्वीकृति दिएको थियो ।

नबिलले युनाइटेड फाइनान्सलाई १००ः ३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो । नविल र युनाइटेड फाइनान्स दुबैमा विदेशी लगानी रहेको छ । युनाइटेडलाई प्राप्ति गरेपछि नविलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिग मर्जरको दौडमा रहेको नविलले नेपाल बंगलादेश बैंकसँग मर्जरको तयारी गरिरहेको छ । असार भित्रै समझदारी पत्रमा हस्ताक्षर हुने भनिएको थियो तर अझैसम्म ठोस प्रगति भने भएको छैन् । उता नविलले एनसीसी बैंकसँग पनि मर्जरबारे छलफल गरिरहेको बताइन्छ । पछिल्लो समय सेञ्चुरी कमर्सियल बैंकसँग पनि मर्जरबारे प्रारम्भिक छलफल भएको चर्चा छ तर दुबै पक्षले औपचारिक रुपले मुख भने खोलेको छैनन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्