काठमाडौं । शीतलहरका कारण चिसो बढेपछि नवलपरासी लगायत तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण तराई–क्षेत्रको जीवन प्रभावित भएको हो ।
घाम नलागेर चिसो बतास चल्ने र हुस्सु लागेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् । चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् व्यापार समेत सुस्ताएको छ । चिसो अत्याधिक बढेपछि व्यापार व्यवसाय प्रभावित भएको स्थानीयले बताएका छन् ।
चिसोले विद्यार्थी विद्यालय जाने संख्या समेत कम भइरहेको स्थानीयको गुनासो छ । कतिपय विद्यालयहरुमा हिउँदे विदा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्