काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने भएको छ ।
संस्थाको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरु स्वीकृत गरी २०८१ आषाढ मसान्तसम्म वितरण योग्य मुनाफालाई सञ्चित गरी आव २०८०/८१को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वार्षिक वित्तीय विवरणहरु साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने संस्थाले जनाएको छ ।
वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्