काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको हो । मन्त्रालयले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो ।
कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएकोहरुले आवेदन दुन सक्नेछन् ।
योग्य तथा इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात सहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्नेछन् ।
प्राधिकरण अध्यक्ष सुर्य सिलवाल माथी अख्तियारले मुद्दा हालेपछि सह सचीव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालीरहेका छन् ।
नयाँ लाइसेन्स वितरण गर्ने योजना रहेकाले प्राधिकरण अध्यक्षमा कर्पोरेट घरानाहरुको विशेष चासो छ ।
प्रतिक्रिया दिनुहोस्