Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकले गर्याे अटिजम सिकाई केन्द्रलाई सहयोग

सिंहदरबार संवाददाता
२०८१ पुष २४, बुधबार १६:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले अटिजम सिकाई केन्द्रलाई सहयोग गरेको छ । बैंकको दमक शाखाद्धारा सरस्वती माध्यमिक विद्यालय, दमक–०९, इटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई अटिजम भएका विधार्थीहरुको शैक्षिक क्रियाकलापहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यत्रमका बिच विद्यालयको प्रधानध्यापक ज्यूलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको छ । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थीहरु यस कार्यबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्