Shikhar Insurance
National Life

पोल्याण्ड पठाइदिन्छु भन्दै ८१ लाख ठगी गर्ने २ जना पक्राउ

सिंहदरबार संवाददाता
२०८१ पुष २४, बुधबार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट ७२ लाख ४८ हजार एक सय ५० र राजेशले ८ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्