Shikhar Insurance
National Life

सेयर बजारमा अर्को गिरावट, कारोबार रकम साढे ४ अर्बमा खुम्चियो

सिंहदरबार संवाददाता
२०७८ असार २१, सोमबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा अर्को गिरावट आएको छ । हिजो ८ अंकले घटेको नेप्से परिसूचक सोमबार ११.७८ अंकले ऋणात्मक भएको हो ।
बजारमा कारोबारमा आएका १ सय ५३ कम्पनीको सेयर मूल्य घट्दा परिसिूचक ०.४२ प्रतिशतले ओर्लिएर २८२२.७४ अंकमा पुगेको छ । नेप्से निरन्तर घटिरहँदा कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार १ करोड कित्ता सेयर ४ अर्ब ५८ करोड रूपैयाँमा किनबेच भए ।

आज २९ कम्पनीको सेयर मूल्य बढ्दा विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए । यस्तै हिमालयन डिस्टिलरी र छ्याङ्गदी हाइड्रोको मूल्य ८ प्रतिशतले बढेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गुमाउनेका कुनै पनि कम्पनीको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छैन । नेप्से घटेका दिन हिमालयन डिस्टिलरीको सर्वाधीक ४१ करोडको सेयर किनबेच भएको छ ।

३ हजार २५ अंकको ऐतिहासिक बिन्दुमा पुगेर फर्किएको सेयर बजारमा पछिल्लो समय कम्पनीहरूको सेयर मूल्य घट्दो क्रममा छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्