काठमाडौं । सेयर बजारमा खराब वित्तिय अवस्था भएका कम्पनीहरुको शेयर मूल्य मिलेमतोमा बढाउने प्रचलन बढेको छ । सिमित लगानीकर्ताबिच सर्कुलर गरी कृतिम डिमाण्ड सृजना गरि शेयर मूल्य बढाउने क्रम बढेको हो ।
पछिल्लो समय कर्पोरेट डेभलपमेन्ट (सीओआरबीएल) बैंक मा पनि सर्कुलर ट्रेडिङ देखिएको छ । बैंकको वित्तिय विवरण कमजोर देखिएपनि शेयर मूल्य भने उच्च देखिएको छ । बुधबार (माघ ९ गते) सीओआरबीएलको सेयर प्रतिकित्ता १६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तर बैंकक डिभिडेन्ट हिष्ट्री हेर्ने हो भने निकै कमजोर देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ मा सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिएको थियो । ११ वर्षसम्म बैंकले एक वर्ष मात्रै लाभांश विवरण रेकर्ड छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांस वितरण गर्न सकेको छैन । कम्पनीको चालू आव ०८१।०८२ को प्रथम त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १ करोड ७ लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रहेको छ । बैंकको चालु आव ६ महिनामा खुद ब्याज आम्दानी २ करोड ३४ लाख ३१ हजार रहेको छ । बैंकले गत आव सो अवधिमा भने खुद ब्याज आम्दानी ४ करोड ६८ लाख ४ हजार रहेको थियो ।
पुस मसान्तसम्मा बैंकको सञ्चालन नाफा १ करोड ४७ लाख ५६ हजार रहेको छ भने सो अवधिमा निक्षेप संकलन १ अर्ब ८५ करोड ६९ लाख रहेको छ । ६ महिनामा कम्पनीको कुल सम्पत्ति २ अर्ब ६५ करोड २६ लाख ५३ हजार रहेको छ भने कर्जा लगानी १ अर्ब ३४ करोड १८ लाख ७५ हजार रहेको छ ।
सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.०९ रहेको छ भने बैंकको नेटवर्थ १ सय ४८.७२ रुपैयाँ रहेको छ । पुस मसान्तसम्मा बैंकको कष्ट अफ फण्ड ७.१७ प्रतिशत रहेको छ । २०८१ साउन ३१ गते सेयर बजार ३ हजारको बिन्दुमा पुग्दा बैंकको सेयर मूल्य जम्मा ६ सय ७५ रुपैयाँ रहेको थियो । त्यसपछि जब सेयर बजार घटेर २४ सयको बिन्दुमा आयो त्यसपछि कम्पनीको सेयर मूल्यमा बढेर प्रतिकित्ता १५ सय बढी भएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले बैंकले वित्तिय अनुसासन पालना नगरेको भन्दै पटक-पटक कारबाहि समेत गरेको छ । यो कम्पनीको सेयर खरिद-बिक्री अवस्था हेर्दा यसको सबैभन्दा धेरै सेयर होल्ड ब्रोकर नम्बर ७१ र ७२ ले गरेको छ ।
ब्रोकर नम्बर ७२ सँग २ लाख २६ हजार १ सय १३ कित्ता सेयर रहेको छ भने ब्रोकर ७१ सँग ६५ हजार ७ सय ८६ कित्ता सेयर रहेको छ । ब्रोकर नम्बर ६० संग ५२ हजार ६ सय १५ कित्ता सेयर सेयर रहेको छ । बैंकको दोस्रो बजारमा ५२ लाख ५० हजार कित्ता रहेको छ।
धेरै होल्ड गर्ने लगानीकर्ताहरु
कम्पनीको २०८१ असारसम्मको विवरण हेर्दा दोस्रो बजारमा सबैभन्दा धेरै सेयर मिता मुरारका अग्रवालले होल्ड गरेका छन् । अग्रवालले १ लाख २६ हजार ४ सय ८१ कित्ता सेयर होल्ड गरेका छन् । यस्तै दोस्रो धेरै सेयर होल्ड गर्नेमा ज्योति अग्रवाल रहेका छन् । उनले ४० हजार ५०० कित्ता सेयर होल्ड गरेका छन् । तेस्रो धेरै होल्ड गर्नेमा शिवरतन अग्रवाल रहेका छन् । उनले ३२ हजार १० कित्ता सेयर होल्ड गरेका छन् । यसैगरी, सिद्धार्थ सेढाईले ३१ हजार ५४७, जय प्रकाश अग्रवालले २८ हजार ७६ कित्ता होल्ड गरेका छन् । अग्रवाल परिवारको मात्रै ४ लाख ४ हजार ५४२ कित्ता होल्ड छ ।
कस्काे कति छ कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर
Shareholder List as at Ended Ashadh, 2081
प्रतिक्रिया दिनुहोस्