Skip to content
Shikhar Insurance
National Life

इटहरीमा यामाहाको रिजनल सेल्स स्किल्स प्रतियोगिता

Hyundai
NCELL
NIMB

इटहरी । यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा इटहरीमा आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए। सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए।

शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो । पहिलो चुडामणि आचार्य, बि ७ बि अटो ट्रेडर्स, विराटचोक, दोस्रो कृतिका घिमिरे, जेनिशा अटोमोबाइल ट्रेडर्स, फत्तेपुर र तेस्रोमा मिरा सापकोटा, पाथीभरा अटो प्यालेस, इलाम रहेका छन् ।

प्रतियोगितामा मेची कोशीका यामाहा डिलरसिपको उत्साहजनक सहभागिता रहेको थियो। सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए । सहभागीहरू मध्ये ‘टप थ्री’ बिजेताले नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्