Shikhar Insurance
National Life

सेयर बजारमा सामान्य गिरावट : १ सय ३८ कम्पनीका मूल्य घटे, कारोबार रकम ५ अर्बमा खुम्चियो

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । ऐतिहासिक ३ हजार २५ अंक पुगेर फर्किएको नेप्से परिसूचक आईतबार सामान्य अंकले घटेको छ । दिनैभरको आरोह अवरोहमाझ सेयर बजार ऋणात्मक रही बन्द भएको हो ।

साताको पहिलो दिन नेप्से ८.४८ अंकले घटेर २८३४.५२ अंकमा ओर्लिएको छ । बजारमा कारोबारमा आएका १ सय ३८ कम्पनीको मूल्य घट्दा पनि नेप्सेमा भारी गिरावट नआएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएका कम्पनीहरूको बढीमा ५ प्रतिशतसम्मले मूल्य घटेको छ । नेप्से परिसूचक घटेको दिन २ सय २४ स्क्रिप्टको ५ अर्ब ५ करोड रूपैयाँ बराबरको सेयर किनबेच भएका छन् । जसमध्ये सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्