Shikhar Insurance
National Life

सिमेन्टमा ग्रेड लेखिन थाल्यो, अनुमति पाएसँगै शिवमद्वारा ५३ ग्रेड सिमेन्ट उत्पादन सुरू

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम् सिमेन्टले नेपाल गुणस्तर–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको उत्पादन सुरू गरेको छ । कम्पनीले यही महिना ५३ ग्रेड सिमेन्ट उत्पादनको अनुमति पाएसँगै उत्पादन सुरु गरेको हो ।

नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एनएस-५७२ द्वारा प्रमाणित भएको शिवम् सिमेन्ट यसअघि ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमति पाएसँगै शिवम् सर्वोत्कृष्ट ओपिसी सिमेन्ट उत्पादन साथै बिक्री वितरण गर्ने पहिलो कम्पनी तथा एनएस क्वालिटी अवार्ड-२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बनेको शिवमले जनाएको छ। यसअघि ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड-२०१९ पाएको थियो ।

शिवमले हाल एनएस-५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमति पाउनु आफ्नो निरन्तरको गुणस्तरीय उत्पादनलाई प्रमाणित गर्नुको प्रतिफल रहेको कम्पनीले दाबी गरेको छ । यसअघि नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस-४९ प्रमाणीकरण गर्दै आइरहेको थियो जसअन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए।

सन् २००९ मा हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिको प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्