Skip to content
Shikhar Insurance
National Life

नेपाली गीत संगीतहरु गुणस्तरीय बन्दै गइरहेका छन्: मन्त्री पाण्डे

Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगितहरु गुणस्तरीय बन्दै गइरहेका बताएका छन् ।सोमबार सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले नेपाली गीतहरु गुणस्तरीय बन्दै गएका कारण विदेशी गीतहरु विस्थापित हुँदै गइरहेका उल्लेख गर्दै सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिए । उनले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएको समेत बताए । भाषा, साहित्य, संस्कृति र भेषभुषाको विकासमा कलाकारहरुको महत्त्वपूर्ण भुमिका हुने उनको भनाइ छ ।

उनले भने, ‘सुदूरपीश्चमको भाषालाई सिंगो नेपालले सुन्न थालेको छ । यो भाषा मिठो लाग्न थालेको छ । त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेषभुषालाई विकास गरी यहाँसम्म ल्याइपुर्‍याएका छौं । कुनैबेला हामीले हिन्दी गीतहरु सुन्नुपथ्र्यो । आज गुणस्तरीय बनाउन सकेकै कारणले नेपाली गीतहरु सुन्न थालेका छन् । त्यसैले गुणस्तरको सबै ठाउँमा महत्त्व छ । यहाँहरुको लगन र मेहेनतले गुणस्तरीय समग्रिहरु प्रश्तुत गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा सुदूपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरुले प्रश्तुति दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्