काठमाडौं । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । सोमबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो ।
भेटका क्रममा पुराना संस्मरणहरु पुन:जीवित गरेको नेता गौतमले जानकारी दिए । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको पनि बताए । नेता गौतमले नेकपा –एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताए ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्