Shikhar Insurance
National Life

माधव नेपालको अडानः हस्ताक्षर फिर्ता हुँदैन, सहमतिको मस्यौदा लिएर आउनुस्

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेपाल माधवकुमार नेपालले आफूूहरुले हस्ताक्षर फिर्ता नलिने अडान जारी राखेका छन् । वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका अध्यक्ष केपी ओपी पक्षका नेतालाई नेपालले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दै गरेको हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताएका हुन् ।

आइतबार बिहान ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवाश नेम्वाङ र शंकर पोखरेलले पार्टी एकताको सहमतिका लागि बुँदागत सहमति गरौं भन्ने प्रस्ताव लिएर कोटेश्वर पुगेका थिए । नेताहरुले लिएर प्रस्तावमा नेता नेपालले केपी ओलीले तयार पारेको सहमतिको मस्यौदा लिएर आउन भनेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छलफलका क्रममा माधव नेपालका साथ नेता घनश्याम भुसाल थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्