काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको नगद लाभांश (कर समेत) सेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीको मंसिर २८ गतेको बसेको साधारणसभाले पारित गरेको ५.६३१ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको हो ।
कम्पनीले कात्तिक १६ गतेसम्म कायम सेयरधनीको सम्बन्धित बैंक खातामा नगद लाभांश पठाएको हो । हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण र अद्यावधिक गर्त समेत आग्रह गरेको छ।
साथै मंसिर १६ गतेसम्म धितो बन्धक राखेर कर्जा लिएका सेयरधनीको सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट एनओसी पत्र प्राप्त भएपछि र कर्जा चुक्ता गरेका सेयरधनीको फुकुवा पत्र प्राप्त भएपछि मात्र बैंक खातामा लाभांश पठाइने जनाएको कम्पनीले सूचनामार्फत जानककारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्