काठमाडौं । गरिमा विकास बैंकको गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को निष्काशन तथा बिक्री कार्य चार दिनमा नै सम्पन्न भएको छ ।
गरिमा विकास बैंक कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको १ अर्ब बराबरको निष्काशन ४ दिनमा नै सम्पन्न भएको हो ।
गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाइहरू पुस ७ गतेदेखि ११ गतेसम्मका लागि सार्वजनिक निष्काशन खुला गरिएकोमा माग भन्दा बढी रकमको लागि आवेदन परेको कम्पनीले जनाएको छ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने शुभेच्छुक, लगानीकर्ता आवेदकहरु, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरूप्रति कम्पनीले धन्यवाद ज्ञापन गरेको छ।
प्रतिक्रिया दिनुहोस्