Shikhar Insurance
National Life

एभरेष्ट बैंकद्वारा फिदिम र ताप्लेजुङमा शाखा विस्तार

सिंहदरबार संवाददाता
२०८१ पुष १२, शुक्रबार १३:५६
Hyundai
NCELL
NIMB

काठमाडौैं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको फिदिम नगरपालिका वडा नं. १, पाँचथर र सोही पालिका वडा नं. ४, ताप्लेजुङमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।

बैंकले पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले पुष ११ गते र पुष १२ गते नयाँ शाखाको शुभारम्भ गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहक महानुभावहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्