काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० असारमसान्तसम्ममा रिक्त रहेको प्रशासन सेवातर्फको सहायक द्वितीयमा योग्य उम्मेदवारहरूलाई नियुक्तिको लागि सिफारिश गरेको छ । बैंकले २० जना नयाँ कर्मचारीका लागि खुल्ला प्रतियोगिताद्वारा लोक सेवा आयोगबाट लिखित परीक्षा लिएको थियो । बैंकले नेपाल सरकारकाे समावेसी नियम अनुसार सहायक द्वितीय पदका लागि खुल्लामा ११ जना, महिलामा ४ जना, आदिवासी जनजातीमा २ जना, मधेशीमा २ जना, दलितमा १ जना माग भएको छ ।
नियुक्तिको लागि सिफारिशमा पहिलो नम्बरमा नवीना तामाङ परेकी छन् । उनको रोल नं. १४९७६ रहेको छ । उनलाई खुलातर्फ सिफारिस गरिएको हो । त्यस्तै, दोस्रो नम्बरमा सुशिला खतिवडा रहेकी छन् । त्यस्तै, खुल्ला तर्फ सुस्मिता महर्जन, योगेश खतिवडा, यशोदा उपाध्याय, प्रदिप साह तेली, प्रणव राज कोइराला, मोनिका कुमारी सिंह, प्रज्ञा पोखरेल, दिनिशा खाँण र अभिनाश दनुवार सिफारिस छनौटमा परेका छन् ।
त्यस्तै, आदिवासी जनजातीमा सुमन प्रधान र अजिता राई, महिलामा सुनेना विश्वास, सुस्मिता बराल, पुष्पा कुमारी धिमाल, सुप्रभा अधिकारी, मधेशीमा सुनिल कुमार साह र मेघनाथ कुमार यादव र दलितमा दिपम वि.क सिफारिसका लागि छनौट भएका छन् ।
त्यसैगरी, प्रतिक्षासूची(बैकल्पिक) मा मातृका भट्टराई, मनु दाहाल, राकेश कुमार राय, सुनिता प्याकुरेल, बिना थापा, अनुस्का श्रेष्ठ, मिरा रोका, एकता झा, मानुषि कर्माचार्य र निरा नगार्जी रहेका छन् ।
छनौट भएका उम्मेदवारहरूले नियुक्ति लिन बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा पुष १९ गतेभित्र आवेदन दिनु पर्ने बैंकले जनाएको छ । साथै, स्वास्थ्य परीक्षणको प्रतिवेदन पुष २४ गते नियुक्ति दिइने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्