Skip to content
Shikhar Insurance
National Life

सिप्रदीको ‘एक्समस एक्सचेन्ज’ : पुराना गाडीसँग ‘टियागो इभी र पन्च इभी’ साट्न सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले एक्समस एक्सचेन्ज कार्यक्रम आयोजना गर्ने भएकोे छ । सिप्रदी ट्रेडिंगलेले क्रिसमसको अवसरमा पुष १० गतेदेखि १२ गतेसम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको हो ।

टाटा ब्राण्डका गाडीहरु लिन खोज्ने ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्टरुपमा आफ्नो प्रतिवद्धता स्वरूप सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको हो । यस कार्यक्रममा टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी, जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग साट्न सकिने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरुले ‘आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम नि:शुल्क चार्जिङ्ग, नि:शुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्र मार्फत आइफोन १६ प्रो समेत प्राप्त गर्ने सकिने’ सिप्रदीले जनाएको छ ।

कम्पनीका अनुसार सो अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कम्पनीले अनुरोध समेत गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्