Shikhar Insurance
National Life

साढे २६ करोड खर्चेर पाल्पा रामपुरमा धमाधम सडक स्तरोन्नति

सिंहदरबार संवाददाता
२०८१ पुष १०, बुधबार १०:३९
Hyundai
NCELL
NIMB

पाल्पा । रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो । लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ ।

२६ करोड ७१ लाखको लागतमा थालिएको सडकको स्तरोन्नति रामपुर नगरपालिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलका अनुसार दैनिक एक सय कामदार परिचालन भएका छन् । आयोजनाबाट रामपुरको पर्यटन, कृषि, उद्योग, व्यापार, व्यवसाय विस्तारमा योगदान पुग्ने उहाँले बताउनुभयो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्