Shikhar Insurance
National Life

प्रतिकिलोमै १५० रुपैयाँ नाफा हुने भएपछि चिनियाँ लसुन भारततर्फ तस्करी, ५ महिनामै ४ करोड किलो आयात

सिंहदरबार संवाददाता
२०८१ पुष १०, बुधबार ०९:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु वर्षको पाँच महिनामा लसुन आयात अस्वभाविक देखिएको छ । पाँच महिनामै चीनबाट ४ करोड ६ लाख ४५ हजार ३ सय ७२ हजार किलो लसुन आयात भएको हो ।

नेपाली व्यापारीले चिनियाँ बजारमा ५ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेका छन् । यस्तै, प्रतिकिलो भन्सार महसुल ३४ रुपैयाँको दरले १ अर्ब ३८ करोड ३६ लाख  रुपैयाँ तिरेका छन् । पाँच महिनाको तथ्यांक अनुसार लसुन नेपालमा धेरै आयात हुने १९ नम्बरमा आइपुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी, भन्सार तथ्यांकलाई हेर्दा नेपाली व्यवसायीले भन्सार र चिनियाँ बजारमा प्रतिकिलो १६५ रुपैयाँ लागत मूल्य परेको देखिन्छ । यदी ढुवानी खर्च प्रतिकिलो १५ रुपैयाँ मान्ने हो भने पनि प्रतिकिलो १ सय ८० रुपैयाँमा लसुन नेपाल आइपुग्ने देखिन्छ । बुधबार कालिमाटी तरकारी बजारमा लसुनको अधिकतमा खुद्रा मूल्य ३०० रुपैयाँ छ ।

भारतमा बुधबार (पुस १० गते)को लसुनको  मूल्य प्रतिकिलो ३५७ रुपैयाँ रहेको छ । भारतमा सुकेको लसुनको भन्सार महसुल ३० प्रतिशत लाग्दै आएकव छ भने हरियो लसुनको शत प्रतिशत मूल्य लाग्दै आएको छ ।  यसरी हेर्दा नेपाली व्यवसायी अवैध रुपमा लसुन भारत निकासी गर्दा प्रतिकिलोमै १५० रुपैयाँ भन्दा बढि मार्जिन बस्ने देखिन्छ ।

पाँच महिनामै अस्वभाविक लसुन आयात हुन थालेपछि भारत तस्करी भएको हुन सक्ने आकंलन गरिएको छ । भन्सार विभागका सूचना अधिकारी मुक्ति श्रेष्ठले लसुन आयात अस्वभाविक देखिएकोले नेपालकै प्रयोगका लागि हो कि भारत गैरहेको छ अध्ययन गर्नुपर्ने बताए ।

श्रेष्ठले सिंहदरबारसँग भने, “नेपाली व्यवसायीले नेपाल र भारतको भन्सार अन्तरको मार्जिनलाई बेला बखतमा विभिन्न वस्तुमा प्रयोग गर्ने गरेका छन्, केहि समयअघि लाइटरमा देखिएको यो ट्रेन्ड अहिले लसुनमा देखिएको छ ।”

विभागका अनुसार नेपालबाट भारत औपचारिक रुपमा लसुन भारत निर्यात भएको भने देखिदैन । यसअघि भारतले सस्तो लाइटरको भन्सार मूल्य बढाएपछि नेपाली व्यवसायीहरुले चीनबाट लाइटर आयात गरी भारत पठाउने गरेका थियो । नेपाली व्यापारीहरुले भारतर्फ अवैध लाइटर निकासी गर्न थालेपछि तत्कालिन भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले  लाइटरमा भन्सार महसुल वृद्धि गरेका थिए ।

केहिसमय अघि ड्रोन क्यामेरा पनि अवैध रुपमा भारत निर्यात हुने गरेको थियो । सुपारी मरिच केराउ छोकडामा पनि यो प्रकृया जारी नै रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्