काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रालिबीच विशेष छुट सम्झौताा भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले इजी डेन्टलमा १५ प्रतिशको आकर्षक छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुन्े विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्