काठमाडौं । सरकारले चिनियाँ कम्पनीसँग ४० लाख डोज खोप किन्ने सम्झौता गरेको छ । सरकारले चिनियाँ कम्पनी सिनोफर्मासँग ४० लाख डोज भेरोसेल खोप किन्ने सम्झौता गरेका हो ।
चिनियाँ खोप असार २४ गतेबाट साप्ताहिक रुपमा आपूर्ति सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
सरकारले चिनियाँ कम्पनीसँग कति मूल्यमा खोप खरिद गर्न लागेको हो भन्ने विवरण भने खुलाएको छैन् ।
प्रतिक्रिया दिनुहोस्