Shikhar Insurance
National Life

सोमबारसम्म हस्ताक्षर फिर्ता नलिए, पार्टी फुट्छ–केपी ओली

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सोमबारसम्म हस्ताक्षर फिर्ता नलिए पार्टी फुटाउने धम्की दिएका छन् । आफु पक्षिय केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सोमबार साँझ पाँच बजेभित्र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनि गरिएको हस्ताक्षर फिर्ता नलिए पार्टी फुटाउने चेतावनी दिएका हुन् ।

ओलीले १० औं महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रिय कमिटीमा रुपान्तरण गरेका छन् जसमा २० जना पूर्व माओवादीका नेताहरु पनि समेटिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरू हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत हुनु र ती मध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म र भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीतको विषय हो । यस्तो गतिविधि
राष्ट्र र जनताका हितका समेत विपरीत छ । तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदहरूलाई आगामी सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देश गर्दछ । यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरू मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ ।’, ओली एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्