काठमाडौं । मन्त्रिपरिषदको पुस ५ गते बसेको बैठकले १२ जना सह-सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषदले ६ जनालाई कामकाज र ६ जनालाई सरुवा गरेको हो ।
निर्णय अनुसार चीनको ल्हासामा वाणिज्य दुत भएर ४ वर्षपछि नवराज ढकाल नेपाल फर्किएका छन् । ढकाललाई गण्डकी प्रदेश कार्यालयमा काम काजमा खटाएको छ । सहसचिव टंक प्रसाद पाण्डेलाई गण्डकी प्रदेशमै खटाएको छ । सहसचिव रितेश शाक्य, विरेन्द्र देव भारती, सुमित्रा गौतम बाग्मती प्रदेशमा सरुवा भएको छ ।
बसन्त प्रसाद कोइरालाको सुदुरपश्चिम प्रदेशमा सरुवा भएको छ । रुद्र प्रसाद अधिकारीको मधेश प्रदेशमा सरुवा हुदाँ चिरन्जीवी पौडेलको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ । यसैगरी, प्रवीण श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटाएको छ ।
दिपक राज नेपाल सार्वजनिक खरिद अनुगमन कार्यालय पुग्दा चक्र बहादुर बुढा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पुगेका छन् ।
यस्तै, सार्वजनिक खरिद कार्यालयका सहसचिव विष्णुप्रसाद शर्मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समुहमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्