काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेकोे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.९१ अंकले बढेर २६१२.२० मा पुगेको छ ।
आज ३२८ कम्पनीको ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँ कारोबार भएको छ ।
सोमबार सेयर बजार दोहोरो अंकले बढेपनि मानुषी लघुवित्तको सेयरमा भने नकरात्मक सर्किट लागेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.१६ प्रतिशत, पीपुल्स पावरको २.३१ प्रतिशत सहित ६२ कम्पनीको सेयरमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्