काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.९१ अंकले बढेर २६१२.२० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
सोमबार जानकी फाइनान्स कम्पनीको सेयरमा सर्वाधिक कारोबार भएको छ । कम्पनीको १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य ९ सय ८७ रुपैयाँ पुगेको छ ।
साथै, जोर्शी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मोलुङ हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स, रिभर फल्सु पावरको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्