Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब ४३ करोड

सिंहदरबार संवाददाता
२०८१ पुष ८, सोमबार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.९१ अंकले बढेर २६१२.२० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

सोमबार ३२८ कम्पनीको ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार जानकी फाइनान्स कम्पनीको सेयरमा सर्वाधिक कारोबार भएको छ । कम्पनीको १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य ९ सय ८७ रुपैयाँ पुगेको छ ।

सोमबार १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, सोमबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्