काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेकोे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८.९१ अंकले बढेर २६१२.२० मा पुगेको छ ।
आज ३२८ कम्पनीको ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँ कारोबार भएको छ ।
सोमबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज बलेफी हाइड्रोपावरको ९.९३ प्रतिशत, नेपाल हाइड्रो डेभलपरको ९.८६ प्रतिशत, सयपत्री हाइड्रोपावरको ८.७२ प्रतिशत सहित २४८ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्