Shikhar Insurance
National Life

आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८१ पुष ८, सोमबार १४:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एक वर्षभित्र सरकारले आत्महत्याका घटनालाई न्युनिकरण गर्ने बताएका छन् । सोमबार सिंहदरबारमा गृह मन्त्रालय र काठमाडौं विश्व विद्यालय मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन तथा अनुसन्धान सम्बन्धि समझदारी पत्रमा हस्ताक्षरपछि बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

सम्झौता पत्रमा गृह मन्त्रालयको तर्फबाट विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा।टोकराज पाण्डे र काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागका निर्देशक डा दीपक कुवँरले हस्ताक्षर गरे । सम्झौता पत्रमा हस्ताक्षरसँगै मानसिक स्वास्थ्य रोगका कारण आत्महत्याका विषयमा अध्ययन अनुसन्धानमा काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले सहयोग गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गृहमन्त्री लेखकले सम्झौतासँगै गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सहकार्य गरेर आत्माहत्याका घटनालाई नियन्त्रण गरी कमी ल्याउने प्रतिवद्धता जनाए । उनले काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले नेपालमा आत्महत्याका घटना बढ्नुका कारण र उपायको खोजि गरी अनुसन्धान गरिने बताए ।

उनले सरकारले मुलुकभित्र हुने आत्माहत्याका घटनालाई न्युनिकरण गर्ने काम गरिरहेको बताउँदै सरकारले अहिले गरिरहेका कामले आत्माहत्याका घटना कम नभएको भन्दै काठमाडौं विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल प्रहरीले आत्माहत्याका घटनाका विषयमा अध्ययन गरिरहेने बताए । उनले आत्माहत्या गर्ने खोज्ने मानिसहरुलाई उद्धार गरी काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले काउन्सिलिङ गर्ने बताए । उनले नेपाल प्रहरीलाई काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले आधारभुत तालिम दिने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्